Nepalitheme

फिदिम ।

पाँचथरको फिदिममा बिहीबारदेखि चासोक मेला सुरु भएको छ। मौलिक संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष उधौली पर्वको सन्दर्भमा आयोजना गरिने यो मेला फिदिम–४ गडी क्षेत्रमा लाग्ने गरिएको छ।

ऊनको स्वीटर टेजर

मेलामा पाँचथरसहित कोशी प्रदेशका विभिन्न जाति जनजातिका संस्कृतिका झल्किने क्रियाकलाप, पारम्परिक नृत्य र मौलिक खानाका स्टल राखिएका छन्। विशेष गरी लिम्बू समुदायले चासोक पर्व चाडका रूपमा मनाउने चलन रहेको छ। यो पर्व प्रायः उपज भएका अन्नहरू थन्काउने बेलामा मनाइन्छ।

फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले ले पुस १९ गतेसम्म चल्ने मेलाको उद्घाटन गर्दै यस्तो मेला र महोत्सवले सबै जातजातिको संस्कार र संस्कृति जगेर्ना गर्न सहयोग पुग्ने बताउनुभयो। उद्घाटन समारोहमा लिम्बू संस्कृतिमा आधारित झाँकीसहितका नृत्य प्रस्तुत गरिएको थियो।

मेलामा विभिन्न जातिका झाँकीहरूको प्रतियोगितात्मक नृत्य र रैथाने उत्पादनको प्रवर्धन गरिने जानकारी फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावती ले दिनुभयो। मेला सुम्हात्लुङ मन्दिर क्षेत्र मा आयोजना गरिएको छ।

मेलाको अवसरमा पुस १२ गते शनिबार ८ औं सुम्हालुङ मिनी म्याराथन प्रतियोगिता पनि आयोजना हुने आयोजक सुम्जिरि सुम्हात्लुङ आम्वेपः प्रतिष्ठान ले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय