झापा । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्। मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ दाउरा लिन गएका स्थानीय २६ वर्षीय आकाश दाहाललाई हात्तीले आक्रमण गरेको हो।

Nepalitheme
Pasupati Ayurvedic

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साँझ करिब ६ बजे वन क्षेत्रमा अचानक जंगली हात्ती देखा परेपछि हात्तीले दाहाललाई पछ्याउँदै आक्रमण गरेको जानकारी दिएको छ।

आक्रमणबाट दाहालको दाहिने खुट्टामा चोट लागेको छ। घाइते दाहालको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय