पाँचथर । पाँचथर जिल्लामा यातायात कार्यालय स्थापना गर्नुपर्ने मागसहित स्थानीय युवाहरूको समूह ‘द काउन्सिल अफ जेन–जी’ ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण दिएको छ।

Nepalitheme
Pasupati Ayurvedic

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई मन्त्रालयमा भेटेर विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाहरूको ऐक्यबद्धतासहित जेन–जी प्रतिनिधिहरू—प्रदेश संयोजक उपार्जुन राई, पाँचथर जिल्ला सह–संयोजक विशाल सिवाहाङ, तेह्रथुम संयोजक बिनिता लिम्बू, सोलुखुम्बु संयोजक करिना राई र ताप्लेजुङ जिल्ला प्रतिनिधि मुकेश कार्की—ले पाँचथरमा यातायात कार्यालय तत्काल स्थापना गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल बाढीले बगाएपछि तथा बेलीब्रिज निर्माणका क्रममा श्रमिकको ज्यान गएपछि यस क्षेत्रको पूर्वाधार अवस्था झनै कमजोर बनेको उल्लेख छ। पाँचथरमा यातायात कार्यालय नहुँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स), नामसारी तथा नवीकरण जस्ता सामान्य सेवाका लागि पनि नागरिकले इलाम वा झापा धाउनुपर्ने बाध्यता रहँदै आएको बताइएको छ। हप्तौँसम्म होटलमा बस्नुपर्ने अवस्थाले सेवाग्राहीमा ठूलो आर्थिक तथा मानसिक भार पर्न जाने उल्लेख छ।

ऊनको स्वीटर टेजर

द काउन्सिल अफ जेन–जीका अनुसार पाँचथरमा कार्यालय स्थापना भएमा पाँचथरसँगै ताप्लेजुङ, तेह्रथुम तथा इलामका केही क्षेत्रका नागरिकले प्रत्यक्ष रूपमा लाभ पाउनेछन्। राजनीतिक पहुँचका आधारमा महत्त्वपूर्ण कार्यालयहरू अन्यत्र सारिने गरेको प्रति काउन्सिलले आक्रोश व्यक्त गरेको छ।

निर्वाचनका बेला प्रतिबद्धता जनाए पनि हालसम्म कार्यालय स्थापना नहुनु ‘जनतालाई केवल भोट बैंकका रूपमा प्रयोग गरिएको’ प्रमाण भएको काउन्सिलले आरोपपत्रमा उल्लेख गरेको छ।

यातायात कार्यालय स्थापना मागमा द काउन्सिल अफ जेन–जी (पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ) साथै जिल्ला समन्वय समिति पाँचथर, पाँचथर सुनुवार सेवा समाज, आदिवासी जनजाति महासंघ पाँचथर, मगर संघ, तामाङ घेदुङ संघ, किरात राई यायोक्खा पाँचथर, किरात याक्थुङ चुम्लुङ पाँचथरलगायत विभिन्न संघसंस्थाहरूको ऐक्यबद्धता रही हस्ताक्षर गरिएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय