फालेलुङ।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा अवस्थित सरस्वती माध्यमिक विद्यालयले आफ्नो ६२ औँ वार्षिक उत्सव मनाउने भएको छ।  २०२० सालमा स्थापना भएको विद्यालयले पुस १८ गते विशेष कार्यक्रमसहित वार्षिक उत्सव मनाउन लागिएको स्थानीय रबिन केरुङले जानकारी दिनुभयो।

वार्षिक उत्सवको दिन विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधि आयोजना गरिने विद्यालयले जनाएको छ। सोही अवसरमा विद्यालयलाई विभिन्न माध्यमबाट सहयोग गर्नेहरुलाई सम्मान गर्ने, स्वर्गीय कृष्ण कुमारी केरुङ स्मृति खेलमैदान विद्यालयलाई हस्तान्तरण गर्ने तथा स्थापना कालदेखि योगदान पुर्‍याउँदै आएका व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम समेटिएको छ।

ऊनको स्वीटर टेजर

उत्सवमा सांगीतिक र सांस्कृतिक प्रस्तुति, सितोरियो कराते प्रदर्शन, मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता तथा दोस्रो त्रैमासिक परीक्षा–२०८२ को नतिजा प्रकाशन समेत हुने विद्यालयले जनाएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय