पाँचथर ।

Nepalitheme

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले पहिलो घुम्ती बैठक ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र कुम्मायक माङ्हिममा सम्पन्न गरेको छ। कुम्मायक गाउँपालिकाको केन्द्र याशोक नजिक रहेको किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र तथा महत्वपूर्ण पर्यटनस्थल कुम्मायक माङ्हिममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पहिलोपटक घुम्ती बैठक बसेको महासंघका अध्यक्ष भीमकुमार बाँस्कोटाले जानकारी दिनुभयो।

यस बैठक कुम्मायक गाउँपालिकाको सहयोगमा आयोजना गरिएको हो। सदरमुकाम फिदिमबाट करिब १५–१६ जना पत्रकारहरूको उपस्थिति रहेको बैठकलाई नयाँ अभ्यासको रुपमा लिन सकिने कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावतीले बताउनुभयो। ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थानहरूमा बैठक सञ्चालन गर्नु आफैँमा प्रशंसनीय पहल भएको उहाँको टिप्पणी छ।

ऊनको स्वीटर टेजर

महासंघका अध्यक्ष बाँस्कोटाले अबदेखि यस्ता घुम्ती बैठकलाई जिल्लाका विभिन्न नयाँ–नयाँ स्थानमा लैजाने र त्यससँगै त्यस्ता क्षेत्रहरूको प्रवर्द्धनमा सहयोग पुग्ने बताए। आफू अध्यक्षमा निर्वाचित भएको एक वर्ष पूरा भएका अवसरमा महासंघले नयाँ गतिविधिहरू अघि सारेको पनि उहाँले उल्लेख गर्नुभयो।
उनका अनुसार, सदरमुकाममै सीमित भएर कार्यालयमा बैठक बस्नुभन्दा बाहिरी क्षेत्रका महत्वपूर्ण स्थलमा बैठक गर्दा अझ प्रभावकारी हुने देखिएको छ।

बैठकमा पत्रकार सुरक्षा नीति, नयाँ पत्रकारको संरक्षण, स्थानीय तहहरूसँग समन्वय तथा मिडियासम्बन्धी विभिन्न विषयमा छलफल भएको महासंघका सचिव रविन्द्र काफ्लेले जानकारी दिनुभयो।

यसैबीच, कुम्मायक गाउँपालिकाले सञ्चार नीतिको कार्यान्वयन प्रक्रिया अघि बढाइरहेको जनाएको छ। सो नीति लागू भएपछि जिल्लाका सबै सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रूपमा वितरण हुने र पत्रकारले लाभ पाउने अपेक्षा पालिकाले व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय