पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–४ मेमेङमा पालिका स्तरीय खुला महिला मिनि म्याराथन आयोजना हुने भएको छ। पुसेमेलाको अवसरमा पौष ९ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको म्याराथन सम्पर्क रत्न थाम्सुहाङले जानकारी दिनुभयो।

Nepalitheme
Pasupati Ayurvedic

तीनसिमाना जनसेवा समाज नेपाल मेमेङको आयोजनामा हरेक वर्ष किरात गणतान्त्रिक खेलमैदानमा फुटबल प्रतियोगिता र भव्य मेला हुँदै आएको छ। यस वर्ष सोही अवसरलाई विशेष बनाउँदै महिला मिनि म्याराथन समेत समावेश गरिएको आयोजक समितिले जनाएको छ।

फालेलुङ क्षेत्रका खेलकुद प्रतिभालाई चिनाउने र महिला खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनमा पालिका भित्रका जुनसुकै उमेर समूहका महिला सहभागी हुन पाउनेछन्। पछिल्लो समय फालेलुङमा यस्ता दौड प्रतियोगिता बढ्दै गइरहेको र यसले पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पारेको फालेलुङ–४ का वडाध्यक्ष सन्तविर राईले बताउनुभयो।

ऊनको स्वीटर टेजर

म्याराथनमा प्रथम हुने खेलाडीले नगद १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको दूरी १० किलोमिटर रहेको छ, जसको मार्ग किरात गणतान्त्रिक खेलमैदानबाट सुरु भई थाप्ली–सिर्लिङ्गी टार हुँदै पुनः खेलमैदानमै समाप्त हुने बताइएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय