पाँचथर । पाँचथरको सदरमुकाममा रहेको फिदिम माध्यमिक विद्यालयले स्थापना भएको ७५ वर्ष पूरा गरेको अवसरमा माघ ९ देखि ११ गतेसम्म हीरक महोत्सव आयोजना गर्ने भएको छ।

Pasupati Ayurvedic
Nepalitheme

शुक्रबार पत्रकारहरूसँगको भेटघाटमा प्रधानाध्यापक लक्ष्मीप्रसाद भण्डारीले २००६ सालमा स्थापना भएको फिदिम माविले यसअघि रजत तथा स्वर्णिम महोत्सव मनाउन नपाएको र पहिलोपटक हीरक महोत्सव गर्न लागिएको जानकारी दिनुभयो। जिल्लाकै पुराना विद्यालयमध्ये पर्ने फिदिम माविमा हाल २१ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै म्युजिकल पीटी प्रदर्शन, स्थानीय सांस्कृतिक झाँकी, ‘हीरक स्मारिका २०८२’ पुस्तक विमोचन, सम्मान तथा अभिनन्दन कार्यक्रम, विद्यार्थी प्रतिभा प्रदर्शन, शैक्षिक सामग्री प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुति हुने विद्यालयले जनाएको छ। दोस्रो दिन फिदिम नगरस्तरीय अन्तर–मावि हाजिरी जवाफ प्रतियोगिता, इन्जिनियरिङ तथा विज्ञान प्रदर्शनी, अन्तरपालिका स्तरको मिनी म्याराथन, फिदिम मावि र फिदिम नगरपालिकाका जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल खेळ, शिक्षाविद्हरूबाट प्रेरणात्मक प्रवचन तथा सम्मान–अभिनन्दन कार्यक्रम सञ्चालन गरिनेछ। पौष ११ गते समापन दिवसमा विद्यार्थी प्रतिभा प्रदर्शन, शैक्षिक सामग्री प्रदर्शनी, सम्मान तथा अभिनन्दन कार्यक्रम र विविध सांस्कृतिक प्रस्तुति रहने जानकारी दिइएको छ।

ऊनको स्वीटर टेजर

महोत्सवको तयारीका लागि विभिन्न कार्यविभाजन समिति बनाइ काम भइरहेको विद्यालयले जनाएको छ। महोत्सवमा २० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ भने पूर्वविद्यार्थी र शिक्षक–कर्मचारीबाट आर्थिक सहयोग संकलन भइरहेको छ। प्रमुख अतिथिका लागि वैराङ्गी काहिलालाई निमन्त्रणा गरिएको भए पनि स्वास्थ्य कारणले उपस्थित हुन नसक्ने भएपछि हालसम्म प्रमुख अतिथि टुंगो लाग्न नसकेको विद्यालयले जनाएको छ।

फिदिम माविले हाल २ वर्षे शिशु कक्षादेखि कक्षा ११ र १२  शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान तथा इन्जिनियरिङ धार सञ्चालन गर्दै आएको छ। कक्षा ९ देखि प्रविधिक तथा व्यावसायिक सिभिल इन्जिनियरिङको कक्षा पनि सञ्चालनमा छ। महोत्सवका सबै कार्यक्रम विद्यालय परिसरमै आयोजना गरिने विद्यालयले जनाएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय