इलाममा रेड पाण्डा म्याराथनमा नेपाली सेनाका गजिन्द्र राई प्रथम भएका छन् । उनले ४४ दशमलव ३ किलोमिटर दूरी ४ घण्टा १२ मिनेटमा ३ हजार ६ सय १० मिटर उचाइको सन्दकपुर सब्मिट गरेका हुन् ।
१ हजार २ सय २० मिटरको इलाम बजारबाट म्याराथन सुरु भएको थियो । उपाधिमा नेपाली सेनाकै वर्चस्व रहेको छ । ४ घण्टा १३ मिनेटमा निर्धारीत दूरी पार गर्दै सेनाकै करण रावल दोस्रो भए । ४ घण्टा २९ मिनेटमा सेनाकै कर्ण बहादुर रोक्का मगर तृतीय भए ।
प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

महिलातर्फ निर्मला राई प्रथम भएकी छन् । उनी खोटाङकी हुन् । उनले ५ घन्टा ४० मिनेटमा उक्त दूरी पार गरिन् । महिलातर्फ नेपाली सेनाकी सुनसरी रोकाय द्वितीय र कल्पना बुढा तृतीय भइन् । पाँचथर, इलाम, ताप्लेजुङका स्थानीयतर्फ राजन मेन्याङ्बो प्रथम भए । द्वितीय विशाल राई, तृतीय राजेन्द्र लिम्बू र रमेश लिम्बू सान्तवना भए ।
प्रतियोगिता दीप ज्योति क्लबले आयोजना गरेको हो ।
महिला र पुरुष दुवैतर्फ प्रथम हुनेले १ लाख ५० हजारका दरले नगद पुरस्कार प्राप्त गरे । दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, स्थानीयतर्फको प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्रापत गरे । रेड पाण्डा नेटवर्क र प्ले फर नेचरको सहयोगमा प्रतियोगिता आयोजना भएको हो । Shilapatra





