फिदिम। तीनदिन देखि अविरल वर्षाका कारण पाँचथरको फिदिम–लालिखर्क सडक खण्डमा पहिरो खस्दा मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। आज साँझ करिब ६ बजेतिर फिदिम नजिकै भ्यु टावर क्षेत्रको सडकमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

Nepalitheme

सडक अवरुद्ध भएपछि दुवै दिशाबाट सवारी साधन रोकिएका छन्। अहिले सडक खुलाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक ख्यामराज घिमिरेले जानकारी दिए।

प्रहरीका अनुसार भारी वर्षापछि सडकमा खसेको पहिरो हटाउन डोजर परिचालन गरिएको छ। सडक सफा भएलगत्तै सवारी सञ्चालन हुने प्रहरीले जनाएको छ।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय