पाँचथर । पाँचथरमा पनि जेन-जी समूहले शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गरेको छ। २०८२ भदौ २३ गते (सेप्टेम्बर ८) देशभर भएको आन्दोलनमा विशेषगरी काठमाडौंस्थित संसदीय भवनमा व्यापक सहभागिता भएको छ। अहिलेसम्म देशभर १८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने सयौं घाइते भएका छन् भन्ने समाचार विभिन्न मिडियामा आइरहेका छन्।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरमा आज साँझ ५ बजे आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गर्दै दीप प्रज्ज्वन गरिएको थियो। सहभागीहरूले प्रहरीलाई फूल चढाएर बीपी पार्क सरसफाइ गरी, सनिबार शिवालय मन्दिर परिसर हुँदै मेन रोडमार्फत बीपी पार्कमै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा समापन गरेका थिए।

आज देशभरको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा ‘केपी, चोर देश छोड’ जस्ता नाराहरू लगाइएका थिए भने पाँचथरमा पनि करिब ३०० जना बढी युवाहरूले सहभागिता जनाएका थिए। प्रदर्शनकारीहरूले सरकारलाई ‘हत्यारा’ भन्दै कडा आवाजमा नारा लगाएका थिए।

ऊनको स्वीटर टेजर

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आवश्यक सुरक्षा व्यवस्था गर्दै प्रदर्शनको व्यवस्थापन गरेका थिए। सहभागी जेन-जी युवाहरूले आवश्यक परे आन्दोलनलाई निरन्तरता दिने स्पष्ट पनि गरेका छन्।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय