पाँचथर । नेपालकै हालसम्मको सबैभन्दा लामो मोडुलर पुल पाँचथरको हेंवा खोलामा निर्माण भई आज (भदौ ४ गते) उद्घाटन गरिएको छ।

Nepalitheme

मेची राजमार्गअन्तर्गत ७० मिटर लम्बाइको सो पुलको उद्घाटन संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा गरेका हुन्।

गत जेठ ३१ गते यही पुल जडानको अन्तिम चरणमा भाँचिँदा ६ जना घाइते भएकामध्ये ३ जनाको मृत्यु भएको थियो। ती मृतकहरुको नाममा पुल प्रवेशद्वारमा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले स्मृति स्तम्भ निर्माण गरिएको छ। बारा जिल्लाका रूपलाल चौधरी (२२), राजन राय थारु (२७) र राकेश राय थारु (२२) को मृत्यु भएको हो। उनीहरुको नाममा एक–एक लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा मन्त्री दाहालले उद्घाटन समारोहमै गरेका थिए।

ऊनको स्वीटर टेजर

फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई जोड्ने यो पुल सञ्चालनमा आएपछि ताप्लेजुङ जिल्ला तथा पाँचथरका फालेलुङ, याङवरक र हिलिहाङ गाउँपालिकाका बासिन्दा, व्यापारी र यात्रुलाई ठूलो राहत मिलेको छ। अब हेंवा खोलाको समस्या समाधान भएको भन्दै स्थानीयवासी खुसी देखिएका छन्।

यो पुल साउन १७ गतेदेखि निर्माण सुरु भई २८ गते सम्पन्न भएको हो। निर्माणका लागि भारतीय सरकारले निःशुल्क प्राविधिक तथा उपकरण सहयोग गरेको थियो। पुल जडानका लागि भारतबाट १८ जना प्राविधिक आएको सडक विभागले जनाएको छ। “यो पुलले नेपाल–भारत सम्बन्धलाई अझै मजबुत बनाउनेछ,” उद्घाटन कार्यक्रममा राजदूत श्रीवास्तवले भने।

पुलको निर्माण कार्य सडक डिभिजन कार्यालय इलाममार्फत दिभान सुपर सौगात लाइट बिल्डर्स कम्पनीलाई दिइएको थियो। कुल लागत ३ करोड ५० लाख रुपैयाँ रहेको इन्जिनियर लक्षण बरालले जानकारी दिए।

यसअघि २०८० असार २ गते आएको बाढीले हेंवा खोलामा बनेको पक्की पुल बगाएपछि संघीय सरकारले २९ दिनमै बेलिब्रिज जडान गरेको थियो। तर उक्त बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगायो। त्यसपछि जेठ ३१ गते दोस्रो पटक जडान भइरहेको बेलिब्रिज दुर्घटनामा परेपछि नयाँ मोडुलर पुल निर्माण गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय