पाँचथर । इलाम जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल माई पोखरीमा ‘हाम्रो देश नेपाल सरसफाइ अभियान’का युवाहरुले सरसफाइ कार्यक्रम गरेका छन्।

Nepalitheme
Pasupati Ayurvedic

रुपन चामलिङको नेतृत्वमा इलाममा बसोबास गर्दै आएका तथा सुर्योदय नगरपालिका–फिक्कल, पशुपतिनगरबाट आएका २७ जनाको टोलीले शुक्रबार माई पोखरी परिसर सफा गरेको हो। सरसफाइ कार्यक्रममा चिया मसला समूह र जी.एस. इन्टरटेन्मेन्ट समूहको समेत सक्रिय सहभागिता रहेको थियो।

पाँचथरको फिदिम–१३ जेभा घर भइ हाल अध्ययनको सिलसिलामा इलाममा बस्दै आएका एक अभियन्ता र भ्लगर समेत हुन् । यस अभियानको सुरुआत युवाहरुमा सकारात्मक सोच विकास गर्ने उद्देश्यले गरिएको बताए। उनका अनुसार, देशभरका युवाहरूमाझ सामाजिक रूपान्तरण, सरसफाइ, जनचेतना, तथा लागूपदार्थ दुव्र्यसनविरुद्धको सन्देश फैलाउने लक्ष्य लिइएको छ।

ऊनको स्वीटर टेजर

कार्यक्रमका क्रममा सहभागीहरुले सरसफाइसँगै समाजमा फैलिँदो कुलत र लागू पदार्थको दुव्र्यसनबाट कसरी बच्ने भन्ने विषयमा जनचेतनामूलक भिडियो निर्माणसमेत गरेका थिए। आयोजकहरुका अनुसार, यस्ता गतिविधिहरू निरन्तर सञ्चालन गरी स्वच्छ, स्वस्थ र सचेत नेपाली समाज निर्माणमा योगदान दिने योजना रहेको छ।

तस्वीरहरु–

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय