फिदिम । राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धक पदमा पाँचथरका वरिष्ठ पत्रकार सन्दीप राई नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राईलाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

Nepalitheme
Pasupati Ayurvedic

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई दुई दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारितामा संलग्न छन्। पाँचथरको फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँ दुवै स्थानमा रहेर विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा काम गर्ने अनुभव बटुलेका छन्।

राई तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङका प्रेस संयोजकसमेत रहिसकेका छन्। उनले पत्रपत्रिका, रेडियो तथा अनलाइनसहित विभिन्न माध्यममा काम गरेर लामो अनुभव हासिल गरेका छन्।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय