पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन युवा कम्युनिस्ट लिग (वाइसीएल) ले देशभर आम जनताको अभिभावकको रूपमा कार्य गर्दै आएको माओवादी केन्द्र १ नं. प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले बताएका छन्। उनका अनुसार विशेष गरी बर्खायाममा हुने विभिन्न प्राकृतिक विपत्तिमा वाइसीएलले उद्धारदेखि सहयोगसम्मका गतिविधि गर्दै आएको छ।

Nepalitheme

त्यसैक्रममा, पाँचथर जिल्लामा समेत वाइसीएल सक्रिय रहँदै आएको छ। कृषकसँगै प्राकृतिक विपत्तिबाट प्रभावित, दुःखी र असहाय जनतासँग वाइसीएल पाँचथर अग्रपङ्तिमा रहेको वाइसीएल पाँचथर अध्यक्ष गणेश तुम्रोकले जानकारी दिए।

साउन २४ गते शनिबार, वाइसीएल पाँचथरको आयोजनामा तथा कुम्मायक वाइसीएलको सहकार्यमा, कुम्मायक गाउँपालिकाको लगानीमा रहेको कुम्मायक–३ हात्तीपोखरी क्षेत्रमा १३ रोपनीमा गरिएको बेसार खेतीको गोडमेल तथा सरसफाइ श्रमदानमार्फत गरिएको थियो।

ऊनको स्वीटर टेजर

यसअघि असार १५ गते धान दिवसका अवसरमा वाइसीएलले ‘श्रमसँग उत्पादन’ अभियानअन्तर्गत फिदिम नगरपालिका–६ सिवामा धान रोपेको थियो। यो अभियानको उद्घाटन काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए। अभियान भदौ ३० गतेसम्म सञ्चालन हुने अध्यक्ष तुम्रोकले बताए। उनका अनुसार पाँचथर जिल्लाका सबै ७ गाउँपालिका र १ नगरपालिका भित्रका वडामा यस्ता गतिविधि सञ्चालन गरिनेछ।

तुम्रोकले भने, “जिल्लामा प्राकृतिक विपत्ति परे हामी वाइसीएल अग्रपङ्तिमा हुने छौं। बोटबिरुवा रोपणदेखि कृषिमा सहयोग, बाटो–घाटो तथा पुल मर्मत र सरसफाइसम्मको अभियानमा सक्रिय रहन्छौं।”

वाइसीएलले यसअघि पनि युवालाई खेलकुदमार्फत फुटबल प्रतियोगितामा सहभागी गराउँदै, श्रमदान, विकास र कृषि कार्यमा संलग्न गराएको माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सीता थेवेले बताइन्। उनले भनिन्, “युवाहरू कृषिमा जोडिए भने विदेश जानुपर्दैन, यहीँ उत्पादनमा लागे देश निर्माण हुन्छ। काममा व्यस्त भए कुलतमा पनि नफस्नेछ।”

शनिबारको बेसार गोडमेल तथा सरसफाइ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सीता थेवे, वाइसीएल केन्द्रीय सचिव बिक्रम संखर, पार्टी जिल्ला सह–इन्चार्ज अमरसिंह थापा, पार्टी जिल्ला संयोजक विशाल रसाइली, कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्र खड्का, तुम्मेवा गाउँपालिका उपाध्यक्ष खड्कबहादुर सम्बाहाम्फे, वाइसीएल जिल्ला इन्चार्ज सागर नेम्वाङ, वाइसीएल जिल्ला संयोजकलगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ।

तस्विर—-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय