पाँचथर । शहरी विकास मन्त्रालयबाट उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै फिदिम नगरपालिका सम्मानित भएको छ।

Nepalitheme
Pasupati Ayurvedic

शहरी शासकीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत देशका १२ जिल्लामा सञ्चालन भएका योजनामध्ये फिदिमले प्रभावकारी ढंगले योजना सम्पन्न गरेबापत बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सम्मान प्रदान गरिएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए।

फिदिम नगरपालिकाले ६९५ वटा पूर्वाधार योजनाहरू प्रभावकारी रूपमा सम्पन्न गरेको थियो। ती योजनाको कुल लागत ४३ करोड २४ लाख ९४ हजार ५७९ रुपैयाँ रहेको छ। मन्त्रालयले सोही योजनाको सफल कार्यान्वयनलाई उच्च मूल्याङ्कन गर्दै नगरपालिकालाई उत्कृष्ट कार्यसम्पादन सम्मान प्रदान गरेको हो।

ऊनको स्वीटर टेजर

नगरले उपभोक्ता समिति तथा श्रमिकहरूमा ३५ प्रतिशत महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्दै ५ लाखदेखि २० लाख रुपैयाँसम्मका योजनाहरू सञ्चालन गरेको थियो। चालु आर्थिक वर्षमा पनि थप ३७ नयाँ योजना सञ्चालनका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको उपप्रमुख राधाकृष्ण न्यौपानेले जानकारी दिए।

उक्त कार्यक्रमअन्तर्गत नगरले ५० प्रतिशतभन्दा बढी श्रमिकलाई रोजगारी दिने व्यवस्था गरेको थियो। यसले दीर्घकालीन, समावेशी र प्रभावकारी पूर्वाधार निर्माणमार्फत नगरवासीको जीवनस्तर सहज बनाएको र आर्थिक लाभ समेत पुगेको स्थानीय तहले जनाएको छ।

कार्यक्रमअन्तर्गत फिदिम नगरपालिकामा निर्माण तथा स्तरउन्नति गरिएका पूर्वाधारको विवरण यसप्रकार छ:

सडक निर्माण तथा स्तरउन्नति: २५४ वटा

नाली निर्माण: ३९

कल्भर्ट निर्माण: ८

रिटेनिङवाल/ग्याबिनवाल निर्माण: ४०

सार्वजनिक भवन निर्माण: ७४

भवन मर्मत: २९

सार्वजनिक शौचालय निर्माण: २९

खेलमैदान मर्मत तथा निर्माण: ११

पदमार्ग निर्माण: ७४

पार्क निर्माण: २३

सिँचाइ कुलो मर्मत तथा पुनर्निर्माण: ४९

खानेपानी योजना: २७

कम्पाउन्ड र घेराबार निर्माण: ३७

अन्य योजना: ३६

शहरी पूर्वाधार विस्तारसँगै फिदिम नगरपालिकाले स्थानीयको जीवनयापनमा देखिएको सकारात्मक परिवर्तनले सम्मानप्राप्त नगरका रूपमा आफ्नो पहिचान बलियो बनाएको उपमेयर न्यौपानेले बताए ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय