पाँचथर । आशिष् चाम्लिङ राईको संगीत र स्वरमा रहेको ‘टुटेको तारा’ बोलको गीतको म्युजिक भिडियो बुधबार (आज) साँझ ५ बजे सार्वजनिक भएको छ।

Nepalitheme

सुरज तामाङको शब्दमा तयार भएको यो गीत गायक चाम्लिङकै अफिसियल युट्युब च्यानल (Aasish Rai Official) मार्फत सार्वजनिक गरिएको हो। यस गीतमा संगीत र स्वर दुवै आशिष् चाम्लिङ राईकै रहेको छ।

म्युजिक भिडियोमा युगल योङहाङ लिम्बू र गंगा सेम्बु लिम्बूको अभिनय देख्न सकिन्छ। आधुनिक शैलीको यस गीतलाई गायक चाम्लिङले केही समयअघि अडियो मात्र सार्वजनिक गरेका थिए। अहिले भने भिडियोसहित सार्वजनिक गरिएको हो।

ऊनको स्वीटर टेजर

पूर्वेली तार सिजन १ का विजेतासमेत रहेका चाम्लिङ पाँचथरको फालेलुङ गाउँपालिका–६ निवासी हुन्। हाल रोजगारीका लागि दक्षिण कोरियामा रहेका उनले प्रवासमै रहेर गीतको निर्माण र प्रकाशन गराएका हुन्।

भिडियो हेर्नुस 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय