पाँचथर । फिदिम नगरपालिका–७, रानिटारकी जननिर्वाचित महिला वडा सदस्य भीमाकुमारी दुलाल (बाँस्कोटा)ले आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य क्षेत्रमा सहयोग प्रदान गरेकी छन्। शनिबार आयोजित एक कार्यक्रममा उनले वडा नं. ७ अन्तर्गतको आधारभूत स्वास्थ्य केन्द्र नाङ्लपालाई एक थान फलामे कुर्सी हस्तान्तरण गरेकी हुन्।

Pasupati Ayurvedic
Nepalitheme

स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीहरूले आराम गर्न सकून् भन्ने उद्देश्यले कुर्सी हस्तान्तरण गरिएको वडा सदस्य दुलालले जानकारी दिइन्।

वडा सदस्य प्रदीप बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा दुलाल (बाँस्कोटा)ले स्वास्थ्य केन्द्रका प्रमुख गणेश थोक्लीहाङलाई कुर्सी हस्तान्तरण गरिन्। कार्यक्रमको अध्यक्षता आधारभूत स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य चन्द्र प्रसाद बाँस्कोटाले गरेका थिए।

ऊनको स्वीटर टेजर

कार्यक्रममा पञ्चकन्या आधारभूत विद्यालय फिदिम–७ माक्लुम्बाका प्रधानाध्यापक राम प्रसाद बाँस्कोटा, कालिका आवि नाङ्लपाका संस्थापक भविन्द्र बाँस्कोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश ढुंगाना, जिल्ला अदालत पाँचथरका कर्मचारी हरि बाँस्कोटा, कालिका आविका पूर्व प्रधानाध्यापक टीका प्रकाश बाँस्कोटा, व्यवस्थापन समितिका सदस्य विमला राई (तामाङ), समाजसेवी टेक प्रसाद बाँस्कोटा, बेद प्रसाद बाँस्कोटा, निशान शिवाकोटीलगायतको उपस्थिति रहेको थियो।

वडा सदस्य दुलालले सामाजिक उत्तरदायित्व स्वरूप जन्मदिनका अवसरमा सेवा कार्य गर्दै आएकी छिन्। विगत वर्ष पनि उनले फिदिम–२, साम्दिनस्थित जेष्ठ नागरिक आश्रममा रहेका १२ जना बेसहारा वृद्धवृद्धालाई कपडा र फलफूल वितरण गरेकी थिइन्।

उनले आर्थिक वर्ष २०८०/०८१ देखि आफ्नो पदावधिभर हरेक वर्ष साउन ३ गते जन्मदिनको अवसरमा असहाय, अपाङ्ग, गरिब बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छिन्।

गत वर्ष उनले फिदिम नगरपालिका–४, माझिटारकी अभिभावकविहीन बालिका प्रिन्सा माझीलाई पाँच हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेकी थिइन्। उनले आगामी वर्ष पनि कुनै दुखी, पीडित व्यक्तिलाई सहयोग गर्ने बताएकी छन्।

वडा सदस्य दुलाल (बाँस्कोटा)ले २०७९ सालमा निर्वाचित भएयता शिक्षा, स्वास्थ्य, सामाजिक सेवा लगायतका विविध क्षेत्रमा सक्दो सहयोग गर्दै आएको जानकारी दिइएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय