पाँचथर । पाँचथरबाट सञ्चालित सुम्हात्लुङ टाइम्सले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा यस वर्षको सुम्हात्लुङ टाइम्स पत्रकारिता पुरस्कार यश अनलाइनका संवाददाता जीपी अधिकारीलाई प्रदान गरेको छ।

Nepalitheme

माङ्गेना मिडिया प्रालिद्वारा सञ्चालित सुम्हात्लुङ टाइम्स अनलाइन माघ १ गतेदेखि दोस्रो वर्षमा प्रवेश गरेको हो। लगातार दुई वर्षदेखि जिल्लामा सक्रिय पत्रकारिता गर्दै आएको सुम्हात्लुङ टाइम्सले ग्रामीण क्षेत्रका आवाजहरूलाई प्राथमिकता दिंदै आएको छ।

वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रम फिदिमस्थित नेपाल पत्रकार महासंघ पाँचथर शाखाको कार्यालयमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले सहभागी थिए।

ऊनको स्वीटर टेजर

पुरस्कृत पत्रकार अधिकारीलाई नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो। सो जानकारी सुम्हात्लुङ टाइम्सका व्यवस्थापक रजनी हाङस्रुम्बाले दिए।

कार्यक्रममा प्रमुख अतिथि काफ्लेसँगै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लभदेव ढुंगाना, पत्रकार तथा लेखक प्रेम ओझा, साहित्यकार मधु केरुङ, नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष भिम वास्कोटा, किरात याक्थुङ चुम्लुङ पाँचथर अध्यक्ष सुरेन्द्र शिशिर केरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिजयबोध लावती लगायत जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सुम्हात्लुङ टाइम्स वार्षिक विशेषाङ्क “म्याक्जिङ” को लोकार्पणसमेत गरिएको थियो। विशेषाङ्कमा एक दर्जनभन्दा बढी विश्लेषणात्मक र विचारप्रधान लेख समावेश छन्।

कार्यक्रममा सुम्हात्लुङ टाइम्सका अध्यक्ष तथा सञ्चालक विनोदकुमार सुब्बा (सन्देश)ले ग्रामीण क्षेत्रका सुशासन तथा राज्यको बेथितिविरुद्ध पत्रकारले कलम चलाउनु पर्ने बताए। उनले आगामी वर्षहरूमा पनि पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै, ग्रामीण पत्रकारितालाई प्रोत्साहित गरिने प्रतिबद्धता व्यक्त गरे।

पुरस्कृत पत्रकार जीपी अधिकारी हाल फालेलुङ गाउँपालिका–२ बाट स्थलगत पत्रकारिता गर्दै आएका छन्। उनले पालिकाभित्रका ग्रामीण क्षेत्रका समस्या उजागर गर्दै जनताको पक्षमा खबरदारी गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय