पाँचथर । आर्थिक वर्ष २०८०/८१ को वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा फिदिम नगरपालिकाले जिल्लाभरिका स्थानीय तहहरूलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको छ।

Nepalitheme
Pasupati Ayurvedic

वित्तीय अनुशासन, जवाफदेहिता, योजनाको प्रभावकारी कार्यान्वयन, तथा बजेटको पारदर्शी उपयोग जस्ता सूचकहरूमा आधारित मूल्याङ्कनमा फिदिम नगरपालिकाले सय पूर्णाङ्कमध्ये ९० प्रतिशत अंक प्राप्त गर्दै अग्रस्थान ओगटेको हो।

जिल्ला समन्वय समिति पाँचथरद्वारा गरिएको उक्त मूल्याङ्कनमा उत्कृष्ट ठहरिएको फिदिम नगरपालिकालाई एक कार्यक्रमबीच सम्मानित गरिएको छ। सम्मान कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्र बहादुर आङ्बो (मौसम) र जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले नगरप्रमुख मित्र प्रसाद काफ्लेलाई प्रमाणपत्र प्रदान गरेका थिए।

ऊनको स्वीटर टेजर

नगरप्रमुख काफ्लेले यो सफलता नगर परिवारको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै निष्ठाका साथ काममा जुटेका जनप्रतिनिधि, कर्मचारी तथा निगरानी र सल्लाह दिने नगरवासीप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय