काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम-४ र हिलिहाङ-७ जोड्ने हेवाखोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएको छ ।

Nepalitheme
Pasupati Ayurvedic

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्री स्तरीय निर्णयमार्फत ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् ।

सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य छन् ।

ऊनको स्वीटर टेजर

समितिलाई पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रुपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरि ७ दिन भित्र प्रतिवेदन पेस गर्ने कार्यभार दिईएको छ ।

समितिले आईतबार देखिनै काम शुरु गरि सकेको छ ।

मन्त्री दाहालले अप्रत्यासित घटना भएको भन्दै दुःख व्यक्त गरेका छन् । मजदुरहरुको ज्यान गएको प्रति गहिरो समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

उनले उपचारात घाईतेको उपचारमा कुनै कमि हुन नदिने गरि व्यवस्था मिलाउन मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. बिजय जैसीलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय