ताप्लेजुङ ।

Pasupati Ayurvedic
Nepalitheme

तमोर नदीले बगाएर बेपत्ता भएका ताप्लेजुङका दुईजनाको शव पाँचथर र तेह्रथुम जिल्लामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जेठ २२ गते तमोर नदीमा बेपत्ता भएकी फुङ्लिङ नगरपालिका–३ की ११ वर्षीया गङ्गा शेर्पाको शव तेह्रथुमको छथर गाउँपालिका–३ खिरखिरेमा फेला परेको हो।

ऊनको स्वीटर टेजर

यस्तै, जेठ १९ गतेदेखि घरबाट हराएकी आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीकी ३७ वर्षीया कमला शेर्पाको शव शुक्रबार पाँचथरको हिलिहाङ गाउँपालिका–२ दुधेपानीस्थित तमोर नदीमै फेला परेको प्रहरीले जनाएको छ।

शवहरूको कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय