पाँँचथर।

Pasupati Ayurvedic
Nepalitheme

विद्यार्थीमा कृषि सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले जय भवानी माध्यमिक विद्यालय, हिलिहाङ–७ टारीमा एक दिवसीय कृषि शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ। कृषि ज्ञान केन्द्र पाँचथरको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ३६ जना विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका सहजकर्ता तथा कृषि ज्ञान केन्द्र पाँचथरका बागबानी विकास अधिकृत केदार धितालका अनुसार सहभागीहरूलाई कृषिको महत्व, आधुनिक कृषि प्रविधि, फलफूल तथा तरकारी खेती, विभिन्न प्रकारका विषादी तथा तिनका असरसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो।

ऊनको स्वीटर टेजर

कार्यक्रममा कृषि ज्ञान केन्द्रका धिताल र हिलिहाङ गाउँपालिकाको कृषि विकास शाखाका नायव प्राविधिक सहायक किशोर रिजालले सहजीकरण गर्नुभएको थियो।

सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पुगेको भन्दै उत्साह व्यक्त गरेका छन्। कार्यक्रमप्रति विद्यालय परिवारले सकारात्मक प्रतिक्रिया जनाएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुने अपेक्षा गरिएको विद्यालयका शिक्षक तिलोचन भट्टराईले जानकारी दिनुभयो।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय