फिदिम, पाँचथर । फिदिम नगरपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने उद्देश्यले तीन करोड ६० लाख रुपैयाँ बराबरका कृषि औजार तथा उपकरणहरू खरिद गरेको छ।

Nepalitheme
Pasupati Ayurvedic

नगर प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार नगरवासीको जीवनस्तर रूपान्तरण गर्न आधुनिक कृषि प्रणालीलाई प्रोत्साहन दिँदै विभिन्न उपकरणहरू खरिद गरिएको हो।

खरिद गरिएका उपकरणहरूमा १८१ वटा मिनी टिलर, १६० वटा च्याफ कटर, ५४४ वटा टनेल, ६५ वटा पानी पोखरी, १८५ वटा राइस मिल, ११ वटा मकै छोडाउने मेसिन, २ वटा उखु मिल, ४० वटा स्प्रेयर, ९०० वर्ग मिटर इन्सेफ्ट नेट, ५३ वटा काउ म्याट, २० वटा फ्रिज, १४० वटा मिल्क क्यान, ४ वटा मिल्क एनालाइजर र २० वटा ५०० लिटर क्षमताका पानी ट्याङ्की समावेश छन्।

ऊनको स्वीटर टेजर

यी उपकरणहरू पाँचवटा ठेक्का र ई–बिडिङ प्रक्रियामार्फत खरिद गरिएको नगरपालिकाले जनाएको छ। उपकरणहरूको वितरण सम्बन्धित वडाबाट सिफारिस प्राप्त भएपछि मात्रै गरिने जनाइएको छ।

नगर प्रमुख काफ्लेका अनुसार उपकरण खरिदमा विद्युतीय खरिद प्रणाली (ई–प्रोक्योरमेन्ट) अपनाइएकोले प्राविधिक लागत अनुमानको तुलनामा ५२ लाख ५ हजार ९८५ रुपैयाँको बचत भएको छ।

फिदिम नगरपालिकाले कृषि क्षेत्रको सुधारका लागि गोठ सुधार, नश्ल सुधार, उन्नत जातका बीउ वितरणलगायतका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय