पाँचथर। जिल्ला अस्पताल पाँचथरमा यहीँ जेठ ९ र १० गते स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ। भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरूको सहकार्यमा फिदिम नगरपालिकाले शिविर सञ्चालन गर्न लागेको हो।

Nepalitheme
Pasupati Ayurvedic

स्वास्थ्य सेवा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिने उक्त शिविरमा दुई हजार महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने लक्ष्य राखिएको फिदिम नगरपालिका, स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश यादवले जानकारी दिए।

शिविर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने बताइएको छ। परीक्षणका लागि भिडियो एक्सरे तथा अल्ट्रासाउण्ड सेवासमेत उपलब्ध हुनेछन्।

ऊनको स्वीटर टेजर

नगर प्रमुख मित्र प्रसाद काफ्लेले शिविरमा विशेषज्ञ चिकित्सक र अत्याधुनिक प्रविधिसहित सेवा प्रदान गरिने भएकाले सबै महिलालाई परीक्षणमा सहभागी हुन आग्रह गरेका छन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय