पाँचथर। पाँचथर बुद्धिचाल संघको पाँचौं जिल्ला अधिवेशनबाट धनकुमार लावतीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

Pasupati Ayurvedic
Nepalitheme

शनिबार फिदिममा सम्पन्न अधिवेशनबाट लावती सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। कार्यसमितिको उपाध्यक्षमा जयप्रकाश नेम्वाङ, सचिवमा नन्दकुमार कुरुम्वाङ, कोषाध्यक्षमा गगन लावती रहेका छन्। यस्तै, सदस्यमा सेसेना चेम्जोङ, संघीय प्रतिनिधिमा विजयबोध लावती र प्रदेश प्रतिनिधिमा जयबिक्रम चेम्जोङ चयन भएका छन्।

निवर्तमान अध्यक्ष विजयबोध लावतीले नयाँ कार्यसमिति चयन भएको जानकारी दिनुभयो। अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तान प्रमुख अतिथि रहनुभएको थियो।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय