इलाम ।
इलामको फाकफोकथुम-१ खाम्बाङमा निर्माण सम्पन्न नागेश्वर शिवालय मन्दिर शनिवार उभौली पर्वको अवसर पारेर उद्घाटन गरिएको छ। उद्घाटन समारोह मन्दिर निर्माण मूल समितिकी अध्यक्ष खगीमाया भट्टराईको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल र ९८ वर्षीया स्थानीय लिलावती भट्टराईले संयुक्त रूपमा मन्दिर उद्घाटन गरे।

Nepalitheme

उद्घाटन कार्यक्रममा पाँच जना ब्राह्मणद्वारा पञ्चरुद्री पाठसहित विविध धार्मिक कार्यक्रम आयोजना गरियो। यस अवसरमा मन्दिर निर्माणमा योगदान दिने सहयोगी व्यक्तित्व, जग्गादाता लगायत ५० जनालाई सम्मान गरियो। आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको सचिव इन्द्रकमल तामाङले जानकारी दिए।

स्थानीय लगानीमा निर्माण सम्पन्न

२०७४ सालमा पूर्वमन्त्री केशव थापाले ५० हजार रुपैयाँ सहयोग गरेसँगै मन्दिर निर्माण कार्य प्रारम्भ भएको थियो। सिद्धि प्रसाद भट्टराईले निःशुल्क प्रदान गरेको एक रोपनी जग्गामा मन्दिर निर्माण सुरु भएको हो।

ऊनको स्वीटर टेजर

निर्माणका लागि आर्थिक वर्ष २०७५/०७६ र ०७९/०८० मा वडा कार्यालयले ३ लाख, र २०७६/०७७ तथा ०७८/०७९ मा गाउँपालिकाले ५ लाख रुपैयाँ उपलब्ध गराएको थियो।

बीचमा बजेट अभावका कारण काम रोकिएको बेला कोरियामा रहेका युवाहरूले १ लाख १३ हजार रुपैयाँ संकलन गरी सहयोग गरेपछि पुनः काम अघि बढेको निर्माण समितिले जनाएको छ। हालसम्म ८ लाख ६३ हजार रुपैयाँ खर्च भइसकेको र मन्दिरको खातामा ११ हजार रुपैयाँ बचत रहेको कोषाध्यक्ष नारायण बोहोरा बताउँछन्।

संस्थामा २२ जना साधारण सदस्य र १६ जना आजीवन सदस्य छन्। सदस्य शुल्कबाट संकलित रकम संस्था खातामा जम्मा गरिएको छ।

सजावट र पूर्वाधार विस्तार आवश्यक

प्यागोडा शैलीमा जस्तापाताको छाना भएको मन्दिरमा हाल विद्युत, खानेपानी र शौचालयको सुविधा छ। तर अझै घेराबारा, गेट, प्रतिक्षालय, टायल, मार्बल, पक्की छाना र ढलानजस्ता पूर्वाधार निर्माण आवश्यक रहेको समितिले जनाएको छ। प्रमुख अतिथि अध्यक्ष खनालले पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा वडा अध्यक्ष कर्णबहादुर लिम्बु, महिला सदस्य गोमादेवी भट्टराई, समाजसेवी जयनारायण भट्टराई, जगत बोहोरा, जग्गादाता सिद्धि प्रसाद भट्टराई लगायतले मन्तव्य राखेका थिए। उद्घाटनसँगै मन्दिर सधैं खुला रहने र विशेष पर्वमा विशेष कार्यक्रम गरिने योजना रहेको छ।

कार्यक्रमका क्रममा कवि तथा साहित्यकार जयनारायण भट्टराईद्वारा रचित सम्झनाका सुसेली कविता संग्रहको विमोचन प्रमुख अतिथि खनालमार्फत गरिएको थियो। उक्त कृति यसोभानु साहित्य संगीत प्रतिष्ठान, इलामले प्रकाशन गरेको हो।

सामाजिक एकता र धार्मिक सद्भावको प्रतीक

खस आर्य बहुल खाम्बाङमा तामाङ, राई र दलित समुदायको पनि बसोबास रहेको छ। यहाँको मन्दिरमा सबै जातजातिको सहभागिता र सद्भाव देखिन्छ। यसअघि नजिकै कुनै मन्दिर नभएकाले पूजाका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य भएकोमा स्थानीय विशेषगरी महिला र ज्येष्ठ नागरिक हर्षित छन्।

धार्मिक व्यक्तित्वहरूले मन्दिरलाई घन्टी, शंख, त्रिशूल, घडा, थाली, जलहरी, आरती थाल, गणेशको मूर्ति लगायत पूजाका सामग्रीहरू प्रदान गरेका छन्। सहयोगीहरूको हातबाट सामग्री प्रदानको क्रम अझै जारी रहेको बताइएको छ।

समर्पण र योगदान: श्रद्धा र सेवाको कथा

– स्व. भक्तबहादुर बोहोराका आठ छोराहरूले १ लाख ३३ हजार रुपैयाँ बराबरको काँस धातुको शिव र बसाहको मूर्ति मन्दिरलाई अर्पण गरेका छन्।
– काठमाडौं बसोबास गरिरहेका इन्द्र बस्नेत र विनिता बस्नेतले स्व. अभिभावकको स्मृतिमा १ लाख बराबरको पाँचवटा फलामे बेन्च र शिव लिङ्ग उपलब्ध गराएका छन्।
– स्व. खगप्रसाद भट्टराईका छोराहरूले ५८ हजार बराबरको पार्वतीको मूर्ति र जेठा छोरा उदयनारायण भट्टराईले ५० हजार लागतमा हवन कुण्ड निर्माण गरेका छन्।
– शिक्षक खगेन्द्र प्रसाद भट्टराईले १४ हजार ५ सय बराबरको फलामे ढोका,
– समाजसेवी गणेश र नारायण बोहोरा दाजुभाइले १५ हजार लागतको फलामे ढोका मन्दिरलाई सौजन्य गरेका छन्।

समापनमा…

सात सदस्यीय मूल समिति र पाँच सदस्यीय सल्लाहकार समितिबाट सञ्चालित मन्दिरको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको थियो। स्थानीय शिक्षक खगेन्द्र प्रसाद भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने बालकृष्ण भट्टराईले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय