फिदिम। पाँचथरको फिदिम नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ। जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आवश्यक खोपको मात्रा पूरा गरेसँगै नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको हो।

Pasupati Ayurvedic
Nepalitheme

फिदिम नगरपालिकामा १२ हजार ३३६ घरधुरी छन् भने जनसङ्ख्या ४८ हजार ४९५ रहेको छ। तीमध्ये १५ महिनामुनिका ५७७ र १६ देखि ५९ महिनासम्मका १,५७९ गरी जम्मा २,१५६ बालबालिकाले खोपको सम्पूर्ण मात्रा पूरा गरेको फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए।

नगरपालिकामा आयोजित विशेष समारोहमा जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले नगर प्रमुख काफ्लेलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरे।

ऊनको स्वीटर टेजर

यस अवसरमा खोप अभियानलाई सफल बनाउन अहोरात्र खटिएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानस्वरूप कदरपत्र वितरण गरिएको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय