फालेलुङ, पाँचथर।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजित प्रथम फालेलुङ म्याराथन २०८१ को उपाधि ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाका रमेश तावाहाङ लिम्बूले जितेका छन्।

चैत १६ गते सम्पन्न ४२ किलोमिटरको म्याराथनमा तावाहाङले ३ घन्टा २२ मिनेटमा दुरी पार गर्दै पहिलो स्थान हासिल गरेका हुन्। उनले नगद ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेका थिए। त्यस्तै, दोस्रो स्थान पाँचथर फिदिम नगरपालिका–१३, लुङरुपाका विशाल राईले हासिल गरे। उनले ३ घन्टा २९ मिनेटमा दुरी पार गर्दै २७ हजार २२७ रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरे। तेस्रो स्थान त्रिभुवन आर्मी क्लब, काठमाडौंका राजन मेयोङ्वाले हासिल गरे। उनले ३ घन्टा ३८ मिनेटमा दूरी पूरा गरी १२ हजार २१२ रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेका थिए।

ऊनको स्वीटर टेजर

फालेलुङ गाउँपालिकामा पहिलो पटक आयोजित ४२ किलोमिटर म्याराथन ऐतिहासिक रहेको आयोजक परिवर्तन संघ फालेलुङका संयोजक जनम राईले बताए। उनका अनुसार खेलकुदले युवालाई स्वस्थ राख्नुका साथै लागू औषध लगायतका सामाजिक विकृतिबाट टाढा राख्न मद्दत पुर्‍याउने भएकाले प्रतियोगिता आयोजना गरिएको हो। संघको नारा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियका लागि परिवर्तन’ रहेको थियो।

म्याराथनमा ५४ जना धावकले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ जना धावकलाई विधागत रूपमा पुरस्कृत गरिएको थियो। चौथो स्थान ताप्लेजुङका चन्द्र लिम्बूले हासिल गर्दै ५ हजार रुपैयाँ प्राप्त गरे। पाँचौं स्थानमा ओखलढुंगाका कृति राई, छैटौं स्थानमा ओखलढुंगाकै पृती राई परे। उनीहरूले नगद २–२ हजार रुपैयाँ प्राप्त गरे। सातौं स्थानमा फालेलुङ–४ का धनराज राई परे। उनी फालेलुङबाट पहिलो भएका कारण उनलाई ३ हजार रुपैयाँ प्रदान गरिएको थियो। आठौं स्थानमा सोही वडाका सन्तोष थलङ, नवौं स्थानमा सोही वडाका सुजन राई, र दशौं स्थानमा फालेलुङ–२ का लोकेन्द्र आङ्बो रहे। उनीहरूले जनही २ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा ५३ वर्षीय जेष्ठ धावक सुरेन्द्र कुमार अधिकारीलाई नगद २ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो। उनले पहिलो स्टेन मेमेङको मिलन चोकसम्म ३ किलोमिटर दूरी पार गरेका थिए। त्यस्तै, ४२ किलोमिटर पूरा गर्ने जेष्ठ धावक भीम कुमार राईलाई पनि पुरस्कृत गरिएको थियो।

म्याराथन फालेलुङ–३ सेमिचोङको भवनबाट सुरु भई फालेलुङ–४ को बोर्डर चेक पोस्ट (BOP) पुगेर पुनः सोही स्थानमा फर्किने गरी आयोजना गरिएको थियो। मार्गको उचाइ २३०० मिटरदेखि ३३०० मिटर सम्म रहेको थियो। प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडी राष्ट्रिय धावक भएको र उनीहरूलाई अझ राम्रो प्रशिक्षण आवश्यक रहेको राष्ट्रिय धाविका निक्की नेम्वाङले जानकारी दिइन्।

प्रतियोगिताका सम्पूर्ण धावकलाई प्रमाणपत्र प्रदान गरिएको परिवर्तन संघ फालेलुङका सदस्य सचिव विकास थाम्सुहाङले जानकारी दिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय