मिक्लाजुङ, पाँचथर ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रविमा रहेको रवि क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनको मतगणना सकिएको छ। चैत ५ गते देशभर सम्पन्न स्ववियु निर्वाचनमा रवि क्याम्पसमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (अनेरास्ववियु) निकट अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ।

Pasupati Ayurvedic
Nepalitheme

कुल ९१ मतदाता रहेको क्याम्पसमा ८६ जनाले मतदान गरेका थिए। मतगणनाको नतिजाअनुसार अध्यक्ष पदमा पुनम लावती नेतृत्वको अखिल क्रान्तिकारी प्यानल विजयी भएको हो। लावतीले प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ) का समीर खड्कालाई पराजित गरेकी छन्। खड्काले २७ मत प्राप्त गरे भने अनेरास्ववियुकी अर्की उम्मेदवार विपना सुन्दासले १३ मत ल्याएको निर्वाचन अधिकृत सन्तोष लिम्बूले जानकारी दिए।

अखिल क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन हो। यसअघि पनि रवि क्याम्पसमा अखिल क्रान्तिकारीले स्ववियु जितेको विद्यार्थी नेता चन्द्रहाङ लावतीले बताए।

ऊनको स्वीटर टेजर

निर्वाचन परिणामअनुसार अध्यक्षमा पुनम लावती, सचिवमा रुपा थापा, कोषाध्यक्षमा रेशु बिक विजयी भएका छन्। यस्तै, प्रत्यक्षतर्फ सदस्य पदमा इन्द्रकुमारी राई, सुवनम मुखिया र विकास राई निर्वाचित भएका छन्। समानुपातिक तर्फबाट आरिया लावती, सुजा माखिम, सपना थापा, सर्मिला लावती र चौदानी दर्लामी मगर निर्वाचित भएका छन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय