पाँचथर।

पाँचथर सदरमुकाम फिदिममा जारी पाँचौं वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लबले उत्कृष्ट प्रदर्शन गर्दै सेमीफाइनल यात्रा तय गरेको छ। मच्छिन्द्रले सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

Nepalitheme
Pasupati Ayurvedic

फिदिम माविको खेलमैदानमा सम्पन्न खेलमा मच्छिन्द्रले पहिलो हाफमै दुई गोल गर्दै जितको आधार तयार पारेको थियो। २७ मिनेटमा विदेशी खेलाडी स्टेफेनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३० मिनेटमा जय गुरुङले थप गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–० ले पछि परेको हिमालयन शेर्पा क्लबले दोस्रो हाफमा खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन। निर्धारित समयको अन्तिम मिनेटमा सुजन स्याङतानले गोल फर्काएपछि टोलीमा केही आशा पलाए पनि अन्त्यसम्म खेल बराबरी ल्याउन सकेन। लगातार पाएका दुई कर्नरलाई सदुपयोग गर्न नसक्दा हिमालयन शेर्पाले प्रतियोगिताबाट बाहिरिनुपर्यो।

ऊनको स्वीटर टेजर

मच्छिन्द्र क्लबका विषाल घलान खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले पुरस्कारस्वरूप ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे। अब मच्छिन्द्रले फागुन २८ गते पहिलो सेमीफाइनल खेलमा इन्ट्रा पथरी ११ सँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा बुधबार नमो बुद्ध युथ एफसी सप्तरीले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ। आगामी चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ११ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय