पाँचथर । दोस्रो फिदिम भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक क्लबले ४ लाख ७७ हजार ९ सय रुपैयाँ नाफा गरेका छन्।

Pasupati Ayurvedic
Nepalitheme

आयोजक भेट्रान्स क्लबले फिदिममा पत्रकार सम्मेलन गर्दै गत माघ ९ गतेदेखि १२ गतेसम्म फिदिम माविको खेलमैदानमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्डकप प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको हो।

चार दिनसम्म चलेको प्रतियोगितामा कुल १२ लाख ९३ हजार १ सय १ रुपैयाँ आम्दानी भएको थियो, भने ८ लाख १५ हजार २ सय १ रुपैयाँ खर्च भएको क्लबले जनाएको छ। प्रतियोगिता आयोजनाबाट १ लाख ९० हजार रुपैयाँ संकलन हुन बाँकी रहेको बताइएको छ। यदि उक्त रकम संकलन भएमा क्लबको नाफा ६ लाख ६७ हजार ९ सय रुपैयाँ पुग्नेछ। आयोजकका अनुसार बाँकी रहेको रकम सामाजिक कार्यमा लगानी गरिने तथा केही रकम आगामी संस्करणका लागि खर्च गरिनेछ।

ऊनको स्वीटर टेजर

फिदिम नगरपालिकाले दोस्रो पुरस्कारस्वरूप ५५ हजार ५५५ रुपैयाँ सहयोग प्रदान गरेको आयोजकले जनाएको छ। खेल अवधिमा टिकट बिक्रीबाट ५६ रुपैयाँ मात्र आम्दानी भएको थियो। विभिन्न व्यक्ति तथा संस्थाहरूबाट ५ हजारदेखि १ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए।

दोस्रो फिदिम भेट्रान्स गोल्डकपमा नेपालका सात तथा भारतको एक टिम गरी आठ टिम सहभागी थिए। प्रतियोगिताको उपाधि झापा बिर्तामोडको रेड स्टार क्लबले जितेको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय