रमेश थापा, याशोक।
पाँचथरको कुम्मायक गाउँपालिका–५ का निर्वतमान वडाअध्यक्ष यामबहादुर बोहोराले आफ्नो बुवा आमाको स्मृतिमा सुनौलो हजार दिनका महिलाहरुलाई झुल बितरण गरेका छन्।

Nepalitheme
Pasupati Ayurvedic

बोहोराले परिवारको स्मृतिमा कुम्मायक–५ का साविक टोलका ८७ जना सुनौलो हजार दिनका महिलाहरुलाई झुल बितरण गरेका हुन । उनले स्व. बुबा पूर्ण बहादुर बोहोराको ५१ औं र आमा पूर्णमायाँ बोहोराको २७ औ स्मृति दिवसको अवसर पारेर वडाका स्वयम सेविका र सुनौलो हजार दिनका ९६ जना महिलाहरुलाई झुल बितरण गरेका थिए । जसमध्ये सुनौलो हजार दिनका ८७ जना र ९ जना स्वयम सेविका गरी ९६ जना महिलाहरुलाई निशुल्क झुल बितरण गरेको वडाअध्यक्ष याम बहादुर बोहोराले जानकारी दिए।

सुनौलो हजार दिनका आमा र बच्चालाई डेंगु, लामखुट्टेको संक्रमणबाट जोगाउन निशुल्क झुल बितरण गरेको बोहोराको भनाइ छ । उनले ३९ हजारको लागतमा ९६ थान झुल खरिद गरी वडाका महिलाहरुलाई निशुल्क बितरण गरेका थिए । स्याबरुम्बा स्वास्थ चौकीको समन्वयमा एक कार्यक्रमको अयोजना गरी झुल बितरण गरिएको हो । झुल बितरण कार्यक्रममा वडाअध्यक्ष निर्मलराज घिमिरे, नि.र्वतमान गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङ र पुर्व श्रोत व्यक्ति गणेश चेम्जोङले परिवारको स्मृतिमा सुनौलो हजार दिनका आमा र बच्चाहरुको स्वास्थ्यमा सहयोग पु¥याउने उदेश्यले निशुल्क झुल बितरण गरेको भन्दै बोहोरा परिवारको प्रंशसा गरेका थिए । बोहोराले यस अघि पनि आफ्नो जन्म दिनको अवसर पारेर सोही वडाका ११८ जना विद्यार्थीहरुलाई ५९ हजारको शैक्षिक सामाग्री र स्कुल व्याग बितरण गरेका थिए ।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय