फिदिम।

Nepalitheme
Pasupati Ayurvedic

फिदिम नगरपालिका वडा नं. ७ रानिटारमा ४ दिने अर्गानिक धुप निर्माण तालिम सम्पन्न भएको छ। फिदिम नगरपालिका -७ वडा सरकारको आर्थिक सहयोग र लक्ष्मी सिप विकास तालिम संचालन सेन्टर, फिदिम-१ को आयोजनामा सम्पन्न तालिममा १८ जना महिलाहरूको सहभागिता रहेको थियो।

तालिमको समापन समारोह फिदिम-७ का वडा अध्यक्ष रुपेन्द्र तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। विशेष अतिथिका रूपमा वडा सदस्यहरू भीमा कुमारी दुलाल बाँस्कोटा र बल बहादुर राई उपस्थित थिए। तालिम सहजीकरण लक्ष्मी सिप विकास सेन्टर फिदिमकी अध्यक्ष लक्ष्मी नेम्बाङले गरेकी थिइन्।

ऊनको स्वीटर टेजर

महिलाहरूलाई अर्गानिक धुप उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको वडा सदस्य भीमा कुमारी दुलाल बाँस्कोटाले जानकारी दिइन्। समापन कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिहरूले सिकाइएका सीपहरू व्यवहारमा उतार्न आग्रह गर्दै भविष्यमा पनि महिलाहरूका लागि सिपमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय