फिदिम, पाँचथर।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फिदिममा पहिलो पटक जोन चाम्लिङ र उनको ब्यान्ड ‘दि लोकल्स’ को लाइभ कन्सर्ट आयोजना हुने भएको छ। फागुन १२ गते बेकुका आठबजे हुने कन्सर्टमा पछिल्लो समय युवामाझ लोकप्रिय बनेका ‘हावा जस्तै मलाई उड्न मन छ’, ‘के गरुँ म तिम्रो हुनलाई’, ‘बटुल्न खोज्दै छु झरेका सपना’ जस्ता दर्जनौं गीतहरु हिटमा छन्।

आयोजक न्यूबर्दान संगीतलय र ब्लाकबिन्सले सोमबार पत्रकार सम्मेलन गर्दै कन्सर्टको जानकारी दिएको हो। आयोजक सुजन मगरका अनुसार पूर्वी पहाडमा यस प्रकारको भव्य कन्सर्ट पहिलो पटक हुन लागेको हो। ताप्लेजुङ, इलाम र तेह्रथुममा कन्सर्टका टिकटहरू बिक्री भइरहेको समेत उनले जानकारी दिए।

ऊनको स्वीटर टेजर

आयोजक फुङ्सो जबेगूका अनुसार फागुन १० गतेसम्म अग्रिम टिकट खरिद गर्ने दर्शकले ४ सयमा पाउनेछन् भने त्यसपछि ५ सय पर्नेछ। करिब ५ हजारदेखि ७ हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको कन्सर्टका लागि उच्चस्तरीय मञ्च र साउण्ड सिस्टम प्रयोग गरिने छ।

कन्सर्ट आयोजनाका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। हाल तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय