फालेलुङ, पाँचथर।

Pasupati Ayurvedic
Nepalitheme

नेकपा माओवादी केन्द्र फालेलुङ गाउँपालिकाको दोस्रो पालिका अधिवेशनबाट वृद्धिमान सावदेन (विश्वास) अध्यक्षमा चयन भएका छन्।

माघ २६ गते गाउँपालिकाको केन्द्र थकेपुङमा सम्पन्न दोस्रो अधिवेशनले ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा सावदेन निर्वाचित भएका छन् भने उपाध्यक्षमा सुरेन्द्र अधिकारी (कुमार), रीता माङ्मु, र मनेश आङ्बो चयन भएका छन्। सचिवमा विकास केरुङ, सहसचिवमा रोहित आङ्बो र कोषाध्यक्षमा रामबहादुर राई चयन भएको अध्यक्ष सावदेनले जानकारी दिए।

ऊनको स्वीटर टेजर

समितिको सदस्यहरूमा प्रण राज केरुङ, मणीराज बराल, जयबहादुर माङ्मु, लोकेश गुरुङ, बलिहाङ राई, प्रमोद मेयोङ्बा, निमा तामाङ, युबराज साँवा, हेमरानी केरुङ, पदम चम्लागाइ, झरना सम्बाहाम्फे, बिष्णु मेयोङ्बा, रीना कुमारी गुरुङ, कमल सुबेदी, धन प्रसाद खत्री, इन्द्रबहादुर राई, सन्तबिर तामाङ, मदन जबेगू, सावित्री राई, राजकुमार आङ्बो, टंक खत्री, चन्द्रकुमार बिक, चन्द्रकुमार बस्नेत, हेमकुमार राई, हेम बहादुर खत्री, दलबहादुर राई, सुबाश राई, सुनिल आङ्बो, मचिन्द्र लोवा, रमन चेम्जोङ, डम्बरबहादुर अधिकारी, सागर जबेगू, खोमनाथ खतिवडा, निश्चल राई र घनश्याम अधिकारी चयन भएका छन्।

सावदेन यसअघि दुई कार्यकाल अध्यक्ष भइसकेका थिए। यसपटक उनी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रदेश पोलिट ब्युरो सदस्य एवं १ नम्बर प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बो थिए। विशेष अतिथिमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व १ नम्बर संसद सदस्य सीता थेवे, लेखा आयोगका केन्द्रीय सदस्य नरबहादुर दुलाल, प्रदेश सदस्य टीका नेम्वाङ, जिल्ला संयोजक विशाल रसाइली, तथा विभिन्न सहायक संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अधिवेशनमा गाउँपालिकाका आठ वडाबाट १,२०० भन्दा बढी कार्यकर्ताहरु सहभागी भएको सचिव केरुङले जानकारी दिए।

बन्दसत्रको निर्वाचन मण्डलमा संयोजक नरेन्द्र राज केरुङ, सदस्य सचिव रन्त थाम्सुहाङ र सदस्य तेजबहादुर सावदेन रहेका थिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय