तेह्रथुम ।

Nepalitheme
Pasupati Ayurvedic

तेह्रथुमको आठराई गाउँपालिका-५ छातेढुंगा अर्चले चिसापानीमा बिहीबार चार जनाले एक व्यक्तिलाई सामूहिक कुटपिटपछि जिउँदै जलाउने प्रयास गरेका छन्।

अर्चलेमा मेला भरेर घर फर्कने क्रममा आठराई गाउँपालिका-४ इवा ढोडेनीका ५५ वर्षीय धनपति प्रसाईलाई चिसापानीमा चार जनाको समूहमा रहेका स्थानीय युवाहरूले बाटो छेकेर कुटपिट गरेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार, घाइते भई ढलेका प्रसाईलाई सेउला र झिक्रा (सुकाएको घाँस) ले छोपी आगो लगाइएको प्रहरीले जनाएको छ।

ऊनको स्वीटर टेजर

आगोले प्रसाईको देब्रे कानको भाग डढेको छ। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापाको बिर्ता सिटी अस्पताल लगिएको बताइएको छ। कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखरान्ति बजारका प्रमुख विशाल लिम्बूले जानकारी दिए।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय