तेह्रथुम : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्मित सहिद धनरुपा स्मृति पार्कको आज एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।

Nepalitheme
Pasupati Ayurvedic

लालिगुराँस नगरपालिका–७ र ९ को सङ्गमस्थलमा रहेको लसुने बजारमा निर्माण गरिएको पार्कको उद्घाटन गर्दै प्रचण्डले भने, “मुलुकको प्रगति र परिवर्तनका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदहरु अमर हुन्छन्, समाजको उत्थानको निम्ति, जनताको हकअधिकारको निम्ति बलिदान दिने सहिदहरु कुनै पार्टी विशेषको मात्र नभई आम जनताका सम्मानका पात्र हुनुहुन्छ। ”

दस वर्षसम्म नेपाली आमाबाबुका सन्तानले युद्ध लडेको र बलिदान दिएको स्मरण गर्दै अध्यक्ष दाहालले  त्यसको नेतृत्व गर्ने आफूले अवसर पाएको बताए।

ऊनको स्वीटर टेजर

धनरुपा स्मृति प्रतिष्ठानले आयोजना गरेको पार्क उद्घाटन कार्यक्रममा तत्कालीन समयमा माओवादीले गरेको सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका तेह्रथुम र धनकुटाका २४ सहिद परिवारलाई अभिनन्दन गरिएको थियो। पार्कमा  लालिगुराँस नगरपालिकाका छ जनाको अर्धकदको शालिक निर्माण गरिएको प्रष्ठिानका अध्यक्ष टेकबहादुर केप्छाकी मगरले बताए।

पार्कमा धनरुपा कार्की, हर्कबहादुर तिवारी, छत्रमाया थाम्देन, दिलु थाम्देन, तिलबहादुर सोदेम्बा र विजय गुरुङको शालिक निर्माण गरिएका छन्। सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको रु तीन करोड लागतमा पार्क निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष केप्छाकीले बताए।

नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान नेता वर्षमान पुनका साथ अध्यक्ष दाहाल यहाँ आएका थिए।  तेह्रथुमबाट निर्वाचित प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाईका अनुसार अध्यक्ष दाहालले आजै आठराई गाउँपालिका–३ ह्वाकुस्थित सहिद स्मृति पार्कको उद्घाटन र शान्ति सङ्ग्रहालयको शिलान्यास गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय