विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल लिम्बू)ले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुदूरपूर्वको भूगोल र राजनीतिका बारेमा मौन रहेको भन्दै त्यसलाई प्रष्ट गर्न माग गरेका छन् ।

Pasupati Ayurvedic
Nepalitheme

जारी केन्द्रीय समिति बैठकमा बोल्दै प्रतिवेदनमा छुटेका विषयहरुमा थप गर्न उनले सुझाव दिने क्रममा आगामी समाजवादी आन्दोलनको एउटा महत्वपूर्ण केन्द्र बन्ने सुदूरपूर्वलाई नजरअन्दाज गरेर आन्दोलन निष्कर्शमा नपुग्ने बताएका हुन् ।

नेता लिम्बूले मुख्यगरी प्रदेश नामकरणको सन्दर्भमा देखिएको अस्पष्टतालाई यसै केन्द्रीय समिति बैठकबाट समाधान गरेर जानुपर्ने उनले बताए । प्रतिवेदनले कोशी प्रदेश ठिक हो भने हो भनेर निश्कर्ष दिनुपर्ने पहिचान हो भने के हो प्रष्ट गर्नुपर्ने बताए । उनले पहिचानको मुद्दालाई पार्टीले प्राथमिकताका साथ लगिरहेको र यस बैठकबाट थप सशक्त बनाउने प्रस्ताव गरिएकोले पहिचानको मुद्दले सुदूरपूर्वमा माओवादीलाई कुनै नोक्सानी नभएको बताएका थिए । उनले भने ‘कोशी नामकरणबाट समस्या निम्तिएको छ अब यसको यथार्थ के हो त्यो बोल्नुपर्छ ।’

ऊनको स्वीटर टेजर

बैठकमा उनले मोरङमा दुई वटा जिल्ला कमिटी सञ्चालन गर्दा पार्टी सबल ढंगले अगाडि बढ्न नसकेको भन्दै एउटै जिल्ला कमिटी बनाएर जानुपर्ने सुझाव पनि दिए । नेकपा माओवादी केन्द्रले महानगर कमिटीलाई पनि जिल्ला सरह मान्यता दिँदै आएको छ । त्यसले संगठनात्मक रुपमा समस्या भएको उनले बताए ।

बैठकमा बोल्दै उनले उपराष्ट्रपतिको सम्मानपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका व्यक्तिलाई फेरि राजनीतिक जिम्मेवारीमा फर्काउँदा राम्रो नपर्ने भन्दै त्यस विषयमा पुनर्विचार गर्न नेतृत्वलाई आग्रह गरे ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय