फालेलुङ।

Pasupati Ayurvedic
Nepalitheme

सशस्त्र प्रहरीको फिदिमस्थित हिमशिखर गुल्मले फालेलुङ–५, लुदिनटारका चौथमान तामाङको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ। असोज दोस्रो साताको अविरल वर्षासँगै गएको पहिरोले घर भत्किएपछि समस्यामा परेका तामाङ परिवारलाई सशस्त्र प्रहरीले सहयोगस्वरूप नयाँ घर बनाइदिएको हो।

“सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी दिवसको अवसर पारेर बीओपी भैंसेबाट खटिएको टोलीले घर निर्माण गरेको हो। हिमशिखर गुल्मका प्रहरी नायब उपरीक्षक कुमार बरालका अनुसार तामाङ परिवारका लागि निर्माण गरिएको घर हालै औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

ऊनको स्वीटर टेजर

उक्त घर निर्माण र हस्तान्तरणको कार्य प्रहरी नायब उपरीक्षक बराल नेतृत्वको टोलीले सम्पन्न गरेको हो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय