पाँचथर।

Pasupati Ayurvedic
Nepalitheme

सदरमुकाम फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा मच्छिन्द्र फुटवल क्लव काठमाडौंले स्थान बनाएको छ।

शनिबार भएको प्रतिस्पर्धात्मक अन्तिम सेमीफाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई १–० को झिनो गोलअन्तरले हराउँदै मच्छिन्द्रले फाइनल यात्रा तय गरेको हो। मच्छिन्द्रको जीतमा एक मात्र गोल दयानन्द इलाङ्वमले गरे। उनले खेलको दशौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

ऊनको स्वीटर टेजर

एनआरटीले अन्तिम समयसम्म खेलमा फर्किने प्रयास गरे पनि गोल निकाल्न नसक्दा मच्छिन्द्रलाई १–० को नतिजा सुम्पिनुपर्यो। खेलको म्यान अफ् दि म्याच मच्छिन्द्र फुटवल क्लवको देबेन्द्र तामाङ बने। उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरे।

फाल्गुनन्द गोल्डकपको ११ औं संस्करणको उपाधिका लागि मच्छिन्द्रले अब पुस १५ गते हुने फाइनल खेलमा ‘ए’ डिविजन लिग विजेता चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लवलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ।

पुस ६ गतेदेखि सुरु भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ र उपविजेताले नगद पाँच लाख ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एउटा इभी स्कुटर प्रदान गरिनेछ। विधागततर्फका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय