पाँचथर । काठमाडौंको मच्छिन्द्र फुटबल क्लब फिदिममा जारी ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

Pasupati Ayurvedic
Nepalitheme

फिदिम माविको खेलमैदानमा मंगलवार सम्पन्न प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा सुनसरीको न्यु स्टार फुटबल क्लबलाई ६-२ गोलअन्तरले हराउँदै मच्छिन्द्रले सेमिफाइनल यात्रा तय गरेको हो। मच्छिन्द्रका लागि बिजु भुजेलले व्यक्तिगत दुई गोल गरे भने मनिष डाँगी, आदित्य शाक्य र सौरभ सुब्बाले समान एक-एक गोल गरे। बाँकी एक गोल न्यु स्टारको आत्मघाती प्रयासले मच्छिन्द्रको पक्षमा रह्यो।

खेलको अधिकांश समय दबाबमा खेलेको न्यु स्टारका लागि सुशील राई र सन्दीप श्रेष्ठले एक-एक गोल फर्काएका थिए। खेलको म्यान अफ द म्याच मच्छिन्द्रका सनिश श्रेष्ठ बने। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

ऊनको स्वीटर टेजर

प्रतियोगिता अन्तर्गत बुधबार लिग लिडर चर्च ब्वाइज युनाइटेड क्लब र विराटनगर सिटी फुटबल क्लबबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए।

पुस १५ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५५५ रुपैयाँ र उपविजेताले नगद ५ लाख ५५५ रुपैयाँ प्राप्त गर्नेछ।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय