फिदिम।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथर जिल्लाको फिदिम बजारमा शुक्रबारदेखि सुरु भएको पहिलो राष्ट्रिय चासोक बुद्धिचाल रेटिङ प्रतियोगिता उत्साहजनक रूपमा अघि बढेको छ। प्रतियोगितामा चार महिलासहित देशभरका ८२ जना बुद्धिचाल खेलाडीहरूको सहभागिता रहेको छ।

तिन राउन्डको खेल सकिँदा ९ जना खेलाडी सतप्रतिशत तीन अंकसहित शीर्ष स्थानमा रहेका छन् भने दुई जना खेलाडी पराजित नभइ समान २.५ अंक हासिल गरेका छन्। अन्य २६ जनाले दुई अंक, सात जनाले १.५ अंक, र २८ जनाले एक-एक अंक प्राप्त गरेका छन्।

ऊनको स्वीटर टेजर

शनिबार नौराउन्डको अन्तिम खेलपछि प्रतियोगिताको नतिजा घोषणा गरिने पाँचथर जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजयबोध लावतीले जानकारी दिए।

शीर्ष प्रदर्शनकर्ताहरू

तीन अंकसहित अग्रस्थानमा रहेका खेलाडीहरू:

झापा: राजन सुबेदी, श्रुश्रीत दाहाल, प्रकाशचन्द्र नेपाल, समना श्रेष्ठ

काठमाडौं: नवीन तण्डुकार, सन्देश श्रेष्ठ

खोटाङ: धीरज राई

ललितपुर: रुपेश जैसाल

पाँचथर: रिजन थापा

हारविनाको समान २.५ अंक ल्याउने खेलाडीहरू:

धरान: ललितबहादुर राई

पाँचथर: खगेन्द्रकुमार आङदेम्बे

कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री बलबहादुर साम्सुहाङ र फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन गरिएको थियो।

प्रतियोगिता पाँचथर जिल्ला बुद्धिचाल संघको आयोजनामा चासोक तङनाम पर्वको अवसरमा सञ्चालन भइरहेको छ। आयोजकले प्रतियोगिताले जिल्लाको खेलकुद विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

आइतबारसम्म चल्ने प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरू छनोट गरी उनीहरूलाई पुरस्कार प्रदान गरिनेछ। बुद्धिचालको यो राष्ट्रिय स्तरको प्रतियोगिताले स्थानीय र राष्ट्रिय खेलाडीहरूलाई प्रतिस्पर्धाको नयाँ अवसर प्रदान गरेको छ।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय