ताप्लेजुङ – छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बत र पूर्वी नेपालको सीमावर्ती क्षेत्रका स्थानीय अधिकारीबीच भएको अन्तरदेशीय सीमा बैठकमा नेपालले राखेको प्रस्तावप्रति तिब्बत सकारात्मक देखिएको छ ।

Pasupati Ayurvedic
Nepalitheme

 

सीमा सुरक्षा, व्यापार प्रवर्द्धन गर्ने तथा अन्य सहयोगसम्बन्धी नेपालले राखेको प्रस्तावमा तिब्बत सकारात्मक देखिएको छ । नेपालका तर्फबाट अर्थात ताप्लेजुङको स्थानीय सुरक्षा अधिकारीले राखेको प्रस्तावप्रति तिब्बत सकारात्मक देखिएको हो । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ हुँदै टिपताला भञ्ज्याङ जोड्ने उत्तरदक्षिण सडक मार्ग निर्माणका लागिसमेत प्रस्ताव राखेको प्रजिअ शर्माले बताए । प्रस्तावमाा तिब्बतले जि टु जि (सरकार–सरकार) प्रक्रियामार्फत प्रस्ताव आएमा सडक निर्माण गरिदिन तयार रहेको जवाफ दिएको छ ।

ऊनको स्वीटर टेजर

 

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा गएको स्थानीय अधिकरी र चीनको स्वसासित क्षेत्र तिब्बतको छेन्ताङ टाउनस्थित डिङ्जी काउन्टी पार्टीका अधिकारीबिच अन्तरदेशीय सीमा बैठक बसेको हो । बैठकमा डिङ्जी काउन्टी पार्टी कमिटीका तर्फबाट सेक्रेटरी ताओ मिङ जुनले नेतृत्व गरेका थिए । डिसेम्बर १४ अर्थात् मङ्सिर २९ गते बसेको सीमा बैठकमा नेपाल पक्षका तर्फबाट राखेको प्रस्तावमा तिब्बत अर्थात् चिनियाँ पक्ष सकारात्मक देखिएको प्रजिअ शर्माले बताए ।

 

 

शर्माका अनुसार सीमावर्ती क्षेत्रका बासिन्दाका लागि सीमा प्रवेश अनुमतिपत्र, सीमा सुरक्षा र संयुक्त रुपमा सीमा स्तम्भ निरीक्षण गर्ने, सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रणमा संयुक्त रुपमा सक्रियता देखाउने विषयमा सहमति भएको छ । नेपालकै तर्फबाट राखेको प्रस्तावअनुसार अवैध चोरी शिकार तथा वन, वन्यजन्तु ओसारपसारको निगरानी गर्ने विषयमा दुवै पक्षका अधिकारीबीच सहमति भएको छ ।

 

नेपालीलाई तिब्बततर्फ प्रवेश पहुँच बढाउने, नेपालको कृषि तथा पशुजन्य उत्पादन घ्यु, छुर्पी, गलैँचा, जडीबुटीलगायत सामग्री चिनियाँ बजारमा व्यापार पहुँच बढाउन राखेको प्रस्तावमा पनि तिब्बत सकारात्मक देखिएको प्रजिअ शर्माले जानकारी दिए । ताप्लेजुङका अधिकारीको नेतृत्व गरेका प्रजिअ शर्माले यताको याक, चौँरी तिब्बत निकासी गर्न सहज वातावरण निर्माणका लागि पनि प्रस्ताव राखेका थिए । प्रस्तावमा तिब्बतले केही कानुनी बाधा अड्चन रहेकाले माथिल्लो निकायसँग पहल गर्ने जनाएको छ ।

 

शर्माका अनुसार याक चौँरीको व्यापारमा दुवै देशलाई राहत पुग्ने भए पनि कानुनी व्यवस्थाकै कारण तत्काल सहजरुपमा व्यापार पहुँच स्थापित गर्नसक्ने स्थिति नरहेको डिङ्जी काउन्टी पार्टी कमिटीका सेक्रेटर मिङ जुनले बताएका थिए । नेपालका तर्फबाट स्थानीय विपतमा सहयोग गर्न, स्वास्थ्य पहुँच, व्यापारिक दृष्टिमा नेपालको वस्तु निर्यातका लागि चिनियाँ बजारमा पहुँच पुर्‍याउनमा सहयोग गर्नजस्ता प्रस्तावमा पनि तिब्बत सकारात्मक भएको छ ।

 

बैठकमा प्रजिअ शर्मा नेतृत्वको टोलीमा ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जन, कञ्चनजङ्घा व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बो, स्थानीय तहका जनप्रतिनिधिलगायत रहेका थिए । कोभिड–१९ पछि पहिलो पटक औपचारिक रुपमा सीमा बैठक बसेको हो । आउँदो बैठक नेपालमा आयोजना गर्नेगरी निमन्त्रणा गरेको पनि प्रजिअ शर्माले बताए । radio tamor

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय