माङसेबुङ, इलाम । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा मंसिर १८ गते मंगलबार इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको  

Pasupati Ayurvedic
Nepalitheme

पालिकाले मंसिर १६ गते आइतबार आधिकारिक सुचना सार्वजनिक गर्दै बिदाको विषयमा जानकारी गराएको हो  प्रत्येक वर्ष माङसेबुङको लारुम्बामा गुरुको जन्मोत्सव भव्यताका साथ मनाउने गरिन्छ  यसै अवसरमा मंसिर  गते देखि आत्मानन्द गोल्ड कप२०८१ सञ्चालन भइरहेको   जस्को फाइनल खेल यहि मंसिर १७ गते दुधे युथ क्लब झापा  साबिक विजेता तिजोक युवा क्लब पाँचथरबीच हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए 

ऊनको स्वीटर टेजर

यस सँगै १८ देखि २० गते सम्म विभिन्न कार्यक्रमहरु गरी जन्मोत्सव मनाइने कार्यक्रम संयोजक संस्था किरात साम्यो साक्थिमगेन पान्जुभोले जानकारी दिए 

गुरुको जन्म इलाम जिल्लाको माङसेबुङ  (साविक इभाङ चुक्चिनाम्बाको अगौटेबारीमा भएको थियो  बुबा पुण्यप्रसाद लिङ्देन र आमा चन्द्रमाया चेम्जोङको कोखबाट वि.२०११ साल मंसिर १८ गते शुक्रबारका दिन जेठो सुपुत्रको रुपमा गुरुको जन्म भएको थियो

किरात धर्मावलम्बीहरुले गुरु आत्मानन्द लिङ्देनलाई राष्ट्रिय विभूति मुहिगुम अङसिमाङ महागुरु फाल्गुनन्दको अवतारको रुपमा मान्ने गर्दछन् । 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय