फालेलुङ, पाँचथर।

फालेलुङ गाउँपालिका–७ पापुन्देनको सेवारो युवा जमातले पहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

Nepalitheme
Pasupati Ayurvedic

२०८१ सालको तिहारमा देउसी–भैलो नाचबाट संकलन गरिएको रकमबाट फालेलुङ–६ का चार अति प्रभावित परिवारलाई प्रतिपरिवार ७ हजार ५ सयको दरले ३० हजार रुपैयाँ सहयोग गरिएको हो। सहयोग फालेलुङ–६ को वडा सरकारको सिफारिशमा हस्तान्तरण गरिएको जमातका सचिव पारस आङ्बोले जानकारी दिए।

सहयोग हस्तान्तरण कार्यक्रम जमातका अध्यक्ष रोहित आङ्बोको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरबिक्रम थाम्सुहाङले जमातको योगदानको प्रशंसा गर्दै सहकार्यका लागि धन्यवाद व्यक्त गरे। कार्यक्रममा जमातका कलाकार र सहयोगी व्यक्तिहरुलाई पनि सम्मान गरियो।

ऊनको स्वीटर टेजर

सामाजिक एकता र विपद् व्यवस्थापनमा सेवारो युवा जमातले देखाएको यो पहल अनुकरणीय रहेको सहभागीहरूले बताए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय