विराटनगर । मंसिर १६ गते हुने उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचनमा १५ दलका उम्मेदवार र एक जना नेकपा एमालेका बागीको रुपमा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

Pasupati Ayurvedic
Nepalitheme

निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार उपनिर्वाचनमा अध्यक्ष पदका लागि १६ जनाको मनोनयन दर्ता भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनको समय छुट्याएको थियो ।

गाउँपालिका अध्यक्षमा सबैभन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दारले मनोनयन दर्ता गराएका थिए । पालिकको अध्यक्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार चौधरी विश्वास, नेकपा एमालेबाट तुलसीराम विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरीले मनोनयन दर्ता गराएका छन् ।

ऊनको स्वीटर टेजर

यस्तै नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझीले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपाल पार्टीबाट बोधनारायण माझीले मनोनयन दर्ता गराएको निर्वाचन आधिकृतको कार्यालयले जनाएको छ । एमालेबाट असन्तुष्ट बनेका नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले एमालेविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

ग्रामथानको अध्यक्षमा एमालेबाट चौधरीसहित ११ जना आकांक्षी थिए । पार्टीले तुलसीराम विश्वासलाई टिकट दिएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

सुनसरीको गढीमा १४ को उम्मेदवारी

सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडाको वडाध्यक्षका लागि १४ जनाको मनोनयन दर्ता भएको छ । जसमा नेकपा एमालेबाट सन्तु उराँव, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेद्वार कुशेश्वर खेरवार यादव, नेपाली कांग्रेसबाट तेतर साह, नेकपा एकीकृत सामाजवादीबाट डोमी उराँव, नागरिक उन्मुक्ति पार्टीबाट तेजनारायण मुसहर, राप्रपा नेपालबाट कविता कुमारी उराँव, राप्रपाबाट बच्चालाल अरगिरया यादव छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शशि कुमार साह, जनमत पार्टीको तर्फबाट सिताराम यादव, समाजवादी राष्ट्रिय पार्टीको योगनारायण ऋषिदेव, स्वतन्त्रबाट रामनारायण यादव र श्यामदेव मेहता रहेका छन् ।

झापाको कन्काई ६ मा ९ जना उम्मेद्वार

झापाको एकमात्र उपनिर्वाचन हुन गईरहेको कनकाई नगरपालिका ६ मा एक स्वतन्त्र सहित ९ जनाले उम्मेद्वारी दिएका छन् । जसमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गानेशन, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्च, जनमत पार्टी र एक स्वतन्त्र गरी ९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

मोलुङ–५ मा ८ जनाको उम्मेदवारी

उता, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा वडा अध्यक्षकालागि ८ जनाको उम्मेदवारी परेको छ । एमालेबाट गंगाबहादुर तामाङ, नेपाली कांग्रेसबाट घनश्याम दाहाल, माओवादी केन्द्रबाट मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विष्णुप्रसाद पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रमणी दाहालले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै जनता समाजवादी पार्टी जसपाबाट इन्द्र बहादुर दर्जी र दुई जना स्वतन्त्र उम्मेद्वारहरू हेम बहादुर सुनुवार र दिप प्रसाद दाहाल रहेका छन् ।

सिरिजङ्घा ३ मा पाँच जनाको उम्मेदवारी

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली काँग्रेसका तर्फबाट भीमकुमार लक्सम्बा लिम्बू, एमालेबाट कुमारी साउदेन, नेकपा (माओवादी केन्द्र)बाठ अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट रनध्वोज काङ्भाले उम्मेदवारी दर्ता गराएका छन् ।

लालीगुराँसमा आठ जनाको उम्मेदवारी

तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं. ८ को वडाध्यक्षका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् । जसमा कांग्रेसबाट नगेन्द्र लिम्बू, एमालेबाट बुद्ध बहादुर लिम्बू, माओवादी केन्द्रबाट कुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सञ्जिव खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्न बहादुर श्रीपाली र नेकपा एकीकृत समाजवादीबाट प्रेम बहादुर खड्का छन् । दुई जना उक्त बहादुर लिम्बू र बसन्त लिम्बूले भने स्वतन्त्र रुपमा वडाअध्यक्षको उम्मेद्वारी दिएका छन् । Hamromat

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय