विराटनगर : सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले कोशी प्रदेशमा  दुई दलीय सयन्त्र गठन गरेका छन्।

Nepalitheme
Pasupati Ayurvedic

विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा सयन्त्रले बुधबार बिहान पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेको हो। केन्द्रदेखि प्रदेशसम्मै बनिरहेको यस्तो सयन्त्र जिल्लासम्मै विस्तार गर्ने निर्णय कोशीको सयन्त्रले पनि गरेको छ
बैठकले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालै पालो गर्ने, दुई दलीय संयन्त्र गठन सम्बन्धी जारी परिपत्र अनुसार संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

नेपाली कांग्रेसको तर्फबाट  प्रदेश  महामन्त्री  उमेश थापालाई  संयन्त्र सदस्यमा थप गर्ने, प्रदेश संयन्त्र वाट सहजीकरण गरी एकहप्ता भित्र जिल्ला संयन्त्र गठन गर्ने ,  सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय तहको सरकारलाई प्रभावकारी रुपमा संचालन गरी समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयण्चहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने  निर्णय गरेको छ।

ऊनको स्वीटर टेजर

कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका मन्त्रीहरु संग प्रदेश सरकारको कामलाई प्रभावकारी वनाउन छलफल गर्ने,  कोशी प्रदेशको दुई दलीय संयन्त्रको कार्यलाई एउटै मर्म र गतिमा एकरुपता साथ प्रभावकारी ढंगले अगाडी बढाउने उद्देश्यले प्रदेश तहमा १४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरुको संयुक्त बैठक शनिवार विराटनगरमा गर्ने  निर्णय सयन्त्रले गरेको छ।

सयन्त्रमा एमालेका तर्फबाट पूर्व मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश अध्यक्ष  घनश्याम खतिवडा रहनेछन् भने काङ्ग्रेसबाट  प्रदेश सभापति तथा दलका नेता  उद्धब थापा,  महामन्त्रीद्वय भुपेन्द्र राई र उमेश थापा छन्। Thaha khabar

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय