पाँचथर।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथर जिल्लामा बुद्धिचालको क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गरेका सात खेलाडीलाई फिदिममा विशेष सम्मान गरेका छन् ।

हालै तेह्रथुम जिल्लाको आठराइ गाउँपालिकामा सम्पन्न सातौं खुल्ला रेटिङ दीपावली बुद्धिचाल प्रतियोगितामा सहभागी भई पाँचथरका खेलाडीहरूले एकै पटक सातवटा पुरस्कार जितेका थिए।

ऊनको स्वीटर टेजर

पाँचथर बुद्धिचाल संघले प्रतियोगितामा उल्लेखनीय सफलता प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान गरेको हो। फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले र जिल्ला खेलकुद समिति अध्यक्ष सन्तोष मोक्तानले खेलाडीहरूलाई प्रशंसा पत्र वितरण गरे।

प्रतियोगितामा देशभरका ७० भन्दा बढी खेलाडीहरूको सहभागिता थियो। पाँचथरका खगेन्द्र कुमार आङदेम्बे तेस्रो स्थानमा, गगन लावती पाँचौं, जयबिक्रम चेम्जोङ सातौं, जय प्रकाश नेम्बाङ आठौं र महेन्द्र कुमार सम्बाहाम्फे दसौं स्थानमा रहे। त्यसैगरी, गोविन्द्र फुयेलले अनरेटेड श्रेणीमा पहिलो र सूर्य लावतीले दोस्रो स्थान हासिल गरेका थिए।

पाँचथर जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजयबोध लावतीका अनुसार, यो उपलब्धिले जिल्लाको बुद्धिचाल खेलमा नयाँ प्रेरणा मिलेको बताए ।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय