पाँचथरः फाल्गुनन्द गाउँपालिकाको नयाँ प्रशासकीय भवनको शिलान्यास भएको छ । लामो समयसम्म स्थानीय बीच स्थानको बारेमा सहमति नहुँदा बन्न नसकेको भवन ५ नम्बर वडास्थित फुङ्लेङ टोलमा निर्माण हुने भएको छ । शुक्रबार गाउँपालिकाका प्रमुख बृजहाङ आङ्देम्बे र उपप्रमुख ठाकुरसिं नेम्वाङले विधिवत रुपमा शिलान्यास गरेका हुन् ।

Pasupati Ayurvedic
Nepalitheme

संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत साझेदारी लगानीमा निर्माण गर्न नौ करोड ७२ लाखको स्टमेट गरिएको दुई तले भवन ठेक्का आव्हान गरिएको योजना हाल काठमाण्डौं सुकेधारास्थित साबिरा माङ्मालुङ जेभीसंग सात करोड २९ लाख ८० हजार २८२ रुपैंया ९२ पैसामा सम्झौता भएको छ । आगामी १८ मेहिना  भित्रममा निर्माण सम्पन्न गर्ने गरि २०८१ आसोज ७ गते उक्त योजना सम्झौता गरिएको निर्माण व्यवासायी रविन कुमार राईले बताए । स्थानीयले यस पालिकालाई करीब ४५ रोपनी जमीन उपलब्ध गराएका छन् । त्यस मध्ये हाल भवन निर्माण हुन लागेको यस स्थानमा ९ रोपनी जमीन छ भने ६ रोपनी क्षेत्रमा कार्यालय बन्ने पालिकाका योजना शाखा प्रमुख निर्मल अधिकारीले जानकारी दिए ।

वडा नम्बर ५ को घुर्बिसे पञ्चमीमा रहेको पालिकाको हाल संचालित अस्थायी कार्यालयबाट करीब दुई किलोमिटर नजिकमा बन्न लागिरहेको छ ।  शिलान्यासमा पालिकाका प्रमुख आङ्देम्बे र उपप्रमुख नेम्वाङले प्राविधिक स्टमेट अनुसार प्रशासकीय भवन गुणस्तरिय र तोकिएको समय भित्र सम्पन्न गर्न ठेक्केदार कम्पनीलाई अनुरोध गरेका छन् । भनव निर्मण सम्पन्न पछि पालिकाका नागरिकलाई प्रभावकारी र सहज सेवा प्रवाहका गरिने उनीहरुले बताएका छन् ।

ऊनको स्वीटर टेजर

पालिकाको भवन निर्माण गर्नका लागि जमीन उपलब्ध गराउन यसअघि निवर्तमान पालिका अध्यक्ष बीरबहादुर कुरुम्वाङको नेतृत्वमा रहेको स्थानीय सरकाले समेत पहल गरिएको कारणले पनि हाल आवश्यक जमीन प्राप्त भएको जनाइएको छ ।

नयाँबुलन्दबाट

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय