पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा अवस्थित तिम्बुङ पोखरीमा हिमपात भएको छ। स्थानीयका अनुसार शुक्रबार साँझदेखि शनिबार बिहानसम्म हिमपात भएको हो।

Pasupati Ayurvedic
Nepalitheme

तिम्बुङ पोखरीस्थित रेडपाण्डा गेस्ट हाउसका सञ्चालक अमिर राईले कात्तिक २ गते साँझदेखि ३ गते बिहानसम्म हिउँ परेको पुष्टि गरे। उनले भने, “तिम्बुङ पोखरी, लङ्गुर, र लक्ष्मी पोखरी क्षेत्रमा हिउँ परेको छ। केही स्थानमा हिउँको परत एक इन्चसम्म जमेको छ।”

पर्यटन व्यवसायीसमेत रहेका राईले फेसबुकमा हिमपातको तस्बिर र भिडियो पोस्ट गर्दै लेखेका छन्, “यो सिजनको पहिलो हिमपात तिम्बुङ पोखरी क्षेत्रमा भएको हो।” मौसम अझै बदली रहेकाले थप हिमपातको सम्भावना रहेको स्थानीयले बताएका छन्।

ऊनको स्वीटर टेजर

हिमपातका कारण तिम्बुङ पोखरी हुँदै कञ्चनजंघा आधार शिविरतर्फ जाँदै गरेका पर्यटकहरूको यात्रा प्रभावित भएको छ।

चार हजार तीन सय पचास मिटर उचाइमा रहेको तिम्बुङ पोखरी धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यो क्षेत्रमा जेठदेखि कात्तिकसम्म आन्तरिक पर्यटकसँगै भारतको सिक्किम र पश्चिम बंगालबाट आउने पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय